चितवन । १० बर्षको अवधिमा सातै प्रदेश २५ वटा शाखाबाट सञ्चालित मानवसेवा आश्रमले उद्धार गरिएका व्यक्ति मध्ये ६३४ जना सहयोगापेक्षीको मृत्यु भएको छ । आज आश्रमले नारायणगढमा पत्रकार सम्मेलन गरी उक्त तथ्यांक सार्वजनिक गरेको हो । २०६९ साल श्रवाण २१ गतेबाट सहयोगपेक्षी उद्धार गर्ने अभियान शुरु गरेको आश्रमले देशभरका आश्रमका शाखाबाट ६हजार २७५ जनालाई उद्धार गरिसकेको छ भने २हजार ४२५ जनालाई पारिवारिक पुर्नमिलन गरेको छ । यस्तै सो अवधिमा ३५४ जना आफैं सक्षम भई स्वेच्छाले सामुदायिक पुर्नस्थापन भएका छन । भने सबै शाखामा गरी १ हजार ५६७ जना आश्रममा आश्रित रहेका छन् । आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार गरिएका सहयोगापेक्षीहरु अत्यन्त कमजोर शारिरीक र मानसिक अवस्थामा गुज्रिएको अवस्थामा हुने भएकोले मृत्यु हुने गरेको बताए । ‘हामीले उद्धार गरिएका मध्ये अत्यन्त शारिरीक र मानसिक अवस्थामा ग्रुजिएको अवस्थामा भेट्टाउंँछौं उहांँले भन्नुभयो, नत उहांँहरुलाई अस्पतालले उपचार गर्न स्वीकारनै गर्छ , नत हामीसंँग त्यस्तो उपचार पद्धतिनै हुन्छ ।’ यस्ता सहयोगापेक्षीहरु गरीबी, परिवारबाट बहिस्कृत तथा नशालु पदार्थ सेवन ग्रसित र दीर्घरोगी र गम्भिर प्रकृतिका रोगी समेत भएकोले उनीहरुको मृत्यु हुने गरेको अधिकारीले बताउनु भयो ।
२०८१ सालसम्म ५० करोडको अक्षयकोष सञ्चालन गरिने लक्ष्य
२०८२ सालम्म देशभर शाखा विस्तार गरी सडकमुक्त सहयोगापेक्षी गर्ने उद्धेश्य रहेको आश्रमले २०८१ सालमा ५० करोडको अक्षयकोष स्थापना गर्ने जानकारी दिएको छ । यसका लागि देशभरका शाखाहरुमा ज्ञानविज्ञान महायज्ञ लगाउने, नेपथ्य व्याण्डबाट देशभर कन्र्सट चलाउने लगायतका कार्यहरुबाट रकम संकलन गर्ने लक्ष्य लिएको हो । हामीले अबका बर्षहरुमा देशभर शाखा विस्तार गर्न र आफ्नै भवनबाट सेवा दिन २०८१ सम्म ५० करोड अक्षयकोष सञ्चालन गर्ने योजना बनाएका छौं। अधिकारीले भन्नुभयो । जस अनुसार नारायणगढको कमलनगरमा नवनिर्मित भवनबाट यही मंसीर २६ देखि पुष ७ गतेसम्म ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको छ ।
२ करोड ऋण
मानव सेवा आश्रमको हालसम्म दुईकरोड हाराहारीमा ऋण भएको जानकारी दिइएको छ । हाल कमलनगरमा निर्माधीन भवन निर्माणको लागि २ करोड ३३ लाख १० हजार खर्च भईसकेको र निमार्णसम्पन्न गर्न बचत तथा ऋण सहकारी संस्थाबाट १ करोड ऋण लिईएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । ‘हामीले हेटौंडा शाखाबाट सापट लिएर अहिलेसम्म यहांँको भवन निर्माण गरेका हौं, उहांँले भन्नुभयो, भवन निर्माण गर्न ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्न लागेका हौं ।’
स्थानीय , प्रदेश तथा संघीय सरकारबाट केही सहयोग प्राप्त हुंँदै आएपनि आश्रम सञ्चालन गर्न समस्या भएको उहांँको भनाई छ । आश्रमले स्थानीय समाजसेवी स्वर्गीय भगवानदास श्रेष्ठ बाट ६ कठ्ठा र उहाँको दाई प्रेमकुमार श्रेष्ठबाट २ कठ्ठा गररी ८ कठ्ठा क्षेत्रफलमा नारायणगढको उक्त भवन र संरचना निर्माण गरिरहेको हो । जहांँ १०० जना सहयोगापेक्षी अट्ने क्षमता रहने अधिकारीले बताउनु भयो । जसको कोही हुंँदैन, जसको केही हुंँदैन भन्ने मुल अभियानबाट शुरु भएको आश्रममा देशभर समर्पित अभियान्ता सयजना, प्राविधिक , कर्मचारी गरी सय जना र सहयोग गर्ने अभिभावक परिवार १६ हजारको हाराहारीमा रहेको उहांँले जानकारी दिनुभयो ।

