चितवन । भरतपुरमा डिक्स बक्स चोरी गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं.१६ नबिनचोक र गा.बि.स.चोकमा रहेको बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्राइभेट लिमिटेडको ४ थान डिक्स बक्स चोरी गर्ने २ जना पक्राउ प्रहरीले परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा चितवन माडी नगरपालिका वडा नम्बर २ घर भई हाल भरतपुर महानगरपालिका ७ बुद्ध चोक डेरामा बस्ने २० बर्षिय कासी चौधरी र सोही ठाँउका २२ बर्षिय श्रीकृण्ण महतो रहेका छन् ।
प्रहरीले बैशाख ३१ गते राती २२:०० बजेको समयमा उनिहरुको डेराकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अबस्थामा उक्त चोरी भएको ४(चार) थान डिक्स सहित २ जनालाई पक्राउ गरेको प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनिहरुलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ भने उनिहरु यस भन्दा पहिले पनि चोरीमा संलग्न रहेको भन्ने समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।