चितवन। चितवनमा कोरोना संक्रमणको कारण स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कोभिड १९ को कारण पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका राप्ती नगरपालिका वडा नम्बर ७ निवासी ५० वर्षीय समाजसेवी एबम स्वास्थ्यकर्मी डिल्लीराम अधिकारीको आज बिहान निधन भएको हो ।
एक हप्ता अगाडि अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले बताउनुभयो । अधिकारी बिगत लामो समयदेखि मेडिकल ब्यबसायमा हुनुहुन्थ्यो । उहाँको अधिकारी मेडिकल हल बिरेन्द्रनगरको चर्चित मेडिकल हलको रुपमा परिचित थियो । अधिकारी राप्तीको विभिन्न सामाजिक सघ सस्थामा सक्रिय हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटी उप-शाखा बिरेन्द्रनगरका उप-सभापति ,नेपाल उद्योग बाणिज्य महासघ राप्तीका सस्थापक उपाध्यक्ष , साथी बचत तथा ऋण सहकारीका सस्थापक अध्यक्ष , लायन्स क्लब अफ बिरेन्द्रनगरका अध्यक्ष लगायत थुप्रै सस्थामा अधिकारी सम्लग्न हुनुहुन्थ्यो । स्व.अधिकारीको श्रीमती , १ छोरा र १ छोरी रहेका छन ।