चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायातको सम्पूर्ण काम (राजस्व तिर्नेदेखि, नवीकरण र ट्रायलसम्म) भरतपुरमै हुनुपर्ने बताएका छन् ।
आज भरतपुरमा भएको सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र नवीकरणको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यातायातको सम्पूर्ण काम भरतपुरबाटै हुनुपर्ने र त्यसको लागि आफ्नो पहलकदमी रहिरहने बताए । कार्यक्रममा उनले भने, ‘जमिन र भौतिक पूर्वाधारको काम रोकिएको छ, यस प्राप्तीको लागि मन्त्रीदेखि सचिवसम्म कुरा गरेको छु ।’
उनले नीतिगत निर्णय भएको बताए । उनले भने, ‘जग्गा प्राप्ती र पूर्वाधार निर्माणको काम अब हुन्छ, म भरतपुर, चितवनवासीलाई यो विश्वास दिलाउन चाहन्छु ।’

