चितवन । चितवनमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानाकारी पछिल्लो चौबिस घण्टामा चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना, भरतपुर अस्पतालमा २ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना गरी १५ जनाको मृत्यु भएको हो ।
चितवन देशकै केन्द्र भएको र अन्य जिल्लाबाट अधिकतम बिरामीहरु आउने गरेकोले मृत्युदरमा बृद्धि भएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । ‘१५ जना मृत्यु भएका मध्ये ९ जना चितवन बाहिरका छन, उहांँले भन्नुभयो , कोभिडका गम्भिर विरामी धेरै भएकोले पनि मृत्युदर बढेको हो ।’
चितवनमा कोरोना संक्रमण नियन्त्रण बाहिर : आज एकैदिन १५ जनाको मृत्यु
चितवनमा कोरोना संक्रमण नियन्त्रण बाहिर : आज एकैदिन १५ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु