चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन भोलिदेखि चितवनको नारायणगढ स्थित दियालो फुडल्याण्डमा हुदैँछ ।
राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको र सम्मेलनमा ८०० हाराहारीमा प्रतिनिधि सहभागी रहने सेन्टरका महासचिव बिष्णु सापकोटा ‘जुगल’ले चितवन प्रेसलाई बताए । जुगलका अनुसार सम्मेलनमा ७७जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् ।
सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सेन्टरको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भएको थियो ।

