चितवन । नेपाली काँग्रेसको भातृसंगठन तरुणदलले चितवनको खैरहनी र राप्ती नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले विपन्न परिवारको दैनिक जीवन यापन गर्न कठिन भएको भन्दै वितरण गरिएको तरुण दलले जानकारी दिएको छ ।
विपन्न, न्यून आय, फरक क्षमताका भएका परिवारलाई लक्षित गर्दै राहत वितरण अभियान शुरु गरिएको तरुण दल क्षेत्र नम्बर १ का प्रज्वल दवाडीले जानकारी दिए । ‘विपदमा तरुण’ भन्ने मुल नाराका साथ चैत्र २७ बाट शुरु गरिएको अभियान हाल खैरहनी र राप्ती नगरपालिकाका ३२० घरधुरीलाई राहत वितरण गरिसकिएको थापाले बताए । ‘निशेधाज्ञाले अपांँग हातमुख जोर्न मुश्किल भएका परिवार हाम्रो पहिलो प्राथमिकतामा पर्छन । उनले भने, यस अभियानलाई थप निरन्तरता दिने सोचमै छौं । ’
तरुणदलले नेबिसंघ , खैरहनी नगर समितिका अध्यक्ष अमृत आचार्यको समन्वय र सहकार्यमा टोली बनाई राहत सामाग्री वितरण गरेको हो । हाल परिवारको संख्या र अवस्था हेरेर चामल, केजी दाल , तेल, नुन मसला लगायत स्वास्थ्य सामाग्री वितरण गरेको छ । खैरहनी र राप्ती नगरपालिका पछि रत्ननगरनगरपालिकामा राहत सामाग्र वितरण गर्ने तरुण दलको योजना छ ।
तरुणदलले हाल दुई नगरपालिकाका विभिन्न चोक, गल्ली तथा टोलहरुमा गएर सचेतना सहित मास्क सेनिटाइजर वितरण गरिरहेको दवाडीले जानकारी दिए ।