चितवन । चितवनमा आज देखि मतदाता नामावली संकलन गरिदै छ । चितवनमा एक महानगर, ५ नगरपालिका र एक गाउँपालिका गरि सात स्थानिय तह छन् र ति सात वटै स्थानिय तहमा मतदाता नामावली आज देखि क्रमशः संकलन गरिने भएको हो ।
माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म, खैरहनी नगरपालिका, रत्ननगर र राप्ती नगरपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन हुने छ ।
भरतपुर महानगरपालिकाभित्रका नागरिकले भने जिल्ला निर्वाचन कार्यालमै गएर नामावली दर्ता गराउन सक्ने छन् ।
चितवन बाहेक अरु जिल्लाहरुमा पनि निर्वाचन आयोगले मतदाता नामावली संकलन गरिरहेको छ ।

