चितवन । चितवनकी प्रभावशाली नेतृ एवंम् प्रदेशसभा सांसद रीना गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा आफनो उम्मेद्वारी रहने घोषणा गरेकी छन् । अहिले काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन जारी छ । चितवनमा रीना गुरुङलाई प्रतिभावान तथा प्रभावशाली महिलाको रुपमा हेरिन्छ ।
गुरुङले केन्द्रीय सदस्य (खुल्लातर्फ) मा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

