चितवन । भरतपुर २० चनौली बजारमा रहेको मालपोत कार्यलयमा हटौँडाबाट आएको अख्तियारको टोलीले छापा मारेको छ ।
अख्तियारको टोलीले यतिबेला कागजात संकलन गरिरहेको छ ।
मालपोत कार्यालयमा १५ लाखको चेक र ३ लाख नगदको स्रोत नखुलेको अख्तियार स्रोतले जनाएको छ । चनौली मालपोत कार्यालयका प्रमुख मुकुन्द पौडेललाई अख्तियार टोलीले कसैसँग भेट गर्न दिएको छैन ।
कार्यालयमा बाहिरी मान्छे कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । पत्रकारहरुले अख्तियारका टोली तथा मालपोत कार्यलयका प्रमुखलाई समेत भेट्न पाएका छैनन् ।

