चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका चार, रुपन्देहीका दुई, नवलपरासीका दुई, गुल्मीका दुई र सर्लाही, लमजुङ र बुटवलका एक/एक जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुने १३ संक्रमितहरुमध्ये चितवन मेडिकल कलेजमा ६ जना, पुरानो मेडिकल कलेजमा ५ जना, भरतपुर अस्पतालमा एक जना र भण्डारा अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा ३९ संक्रमित निको भएका छन् । हाल जिल्लाका विभिन्न अस्पतालहरुमा गरी ५०२ जना संक्रमित उपचाररत छन् ।
भेन्टिलेटरमा ५० जना, आइसियूमा २५१ जना र एचडियूमा ९६ जना लगायत ५०२ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।