चितवन । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा रोशन न्यौपानेलाई नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहमा भर्खरै बढुवा भएका डा न्यौपानेलाई केन्द्रीय अस्पतालको रुपमा सञ्चालित भरतपुर अस्पतालको मेसुमा जिम्मेवारी तोकेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हुदयेष त्रिपाठीले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै डा न्यौपानेलाई भरतपुर अस्पतालको मेसु तोकेका हुन्।
यसअघि प्रमुख मेसुको रुपमा रहेका डा वासुदेव पाण्डेले अनिवार्य अवकास लिएपछि त्यसयता डा जगन्नाथ तिवारीलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो।
भरतपुर अस्पतालको मेसुमा डा रोशन न्यौपाने नियुक्त
भरतपुर अस्पतालको मेसुमा डा रोशन न्यौपाने नियुक्त
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु