चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनमा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याएकी छन् । उनले १९७६ मत पाएकी छन्।
यस्तै दोस्रोमा सुरेन्द्र पाण्डे भएका छन् । उनले १९२५ मत ल्याए । तेस्रोमा सुवास नेम्बाङ भएका छन् । उनले १८६५ मत ल्याए । विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ मत ल्याए । रामबहादुर थापा बादलले १७६८ मत जित्नेमा सबैभन्दा कम मत पाएका छन्। घनश्याम भुसालले जम्मा ७२५ मत पाए। भुसाल पराजित भए ।

