चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि यतिबेला सौराहा मतदान चलिरहेको छ । मतदानको कार्यक्रम चलिरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले केही उम्मेदवारको नामसहितको पर्चा बाँडेर यी उम्मेदवारलाई भोट नहाल्न उर्दी जारी गरेको छ । आज बिहानबाट मतदान चलिरहेको छ ।
ओली पक्षले ११ जना उम्मेदवारलाई भोट नहाल्न उर्दी जारी गरेको हो । ओली पक्षले भीम रावलसहित ११ जनाको सूची प्रकाशित गर्दै भोट नहाल्न भनेको छ ।
भोट नहाल्न भनिएका उम्मेदवारहरु
अध्यक्षका उम्मेद्वार : भीम रावल
उपाध्यक्षका उम्मेद्वार : घनश्याम भुसाल
सचिवका उम्मदेवार : टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य
सदस्य (प्रदेश १ खुल्ला) : भाष्कर काफ्ले
सदस्य (प्रदेश महिला) : नीरा खना,
सदस्य (सुदुरपश्चिम महिला) : पशुपति कुँवर, मञ्जु मलासी,
सदस्य (दलित खुल्ला) : नरवहादुर विक
सदस्य (थारु खुल्ला) : जयप्रकाश थारु,
सदस्य (पिछडिएको क्षेत्र) खुल्ला : भरत साउद
यी नेताहरुलाई भोट नहाल्न भनेर पर्चा वितरण गरिएको छ ।

