चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यतिबेला मतदान चलिरहेको छ । मंगलबार बिहानैबाट सुरु भएको मतदानमा सवा ८ बजेसम्म १ हजार २५० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मात्र मतदान भइरहेको छ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् ।
उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली चुनावी मैदानमा छन् । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल चुनावी मैदानमा छन् ।

