चितवन। भण्डारामा रहेको राप्ती एफएम ९०.५ मेगाहर्ज र न्युज टाइम्स एचडीले परेवाकोटका ४० घरपरिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ का कारण निषेधाज्ञा भएपछि स्थानीयले मजदुरी गर्न नपाएको र खानासमेत अभाव हुन थालेको गुनासो आएपछि एफएमको सक्रियतामा राहत दिइएको हो ।
चेपाङ तथा तामाङ समुदायका गरिब विपन्न परिवारलाई चामल, दाल, नुन तेल, साबुन सहित केहि दिनलाई पुग्ने राहत वितरण गरिएको एफएमका सन्चालक सन्देश घलानले जानकारी दिनुभयो ।
राप्ती उद्योग वाणिज्य संघका सचिव तथा समाजसेवी श्याम पाठकको अगुवाईमा राहत संकलन गरिएको हो । उहाँले सो क्षेत्रमा अति बिपन्न समुदाय रहने गरेको र दैनिक खानेकुरासमेत अभाव रहेको बताउनुभयो । उनीहरुलाई थप राहत उपलब्ध गराइनेसमेत उहाँले बताउनुभयो ।
निषेधाज्ञाका कारण बाहिर मजदुरी गर्न नपाएको र घरमा समेत अन्न नभएकोले भोकै रहने स्थिति आएको स्थानीय मानबहादुर चेपाङको भनाई छ । उहाँले दैनिक गिठ्ठा भ्याकुर खाएर बस्नुपरेको बाध्यता सुनाउनुभयो । राप्ती १ कै अति विकट सो क्षेत्रमा हालसम्म नगरपालिकाले कुनै सहयोग पुर्याउन पहल नगरेको स्थानीयको गुनासो छ ।
राप्ती एफएमको सहयोगमा परेवाकोटका ४० घरलाई राहत वितरण
राप्ती एफएमको सहयोगमा परेवाकोटका ४० घरलाई राहत वितरण
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु