चितवन । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा १९ जना पदाधिकारीहरुको नामावली सार्वजनिक गरेका छन् । उनले घोषणा गरेको नाम सबै सर्वसम्मत हुन नसकेपछि पदाधिकारीका अन्तिम टुंगो निर्वाचनले लगाउने भएको छ ।
१९ सदस्यीय पदाधिकारी
अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्षहरु : युवराज ज्ञवाली. अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ
महासचिव : शंकर पोखरेल
उपमहासचिवः प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल
सचिव : टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल
ओलीले आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । नाममा चित्त नबुझे निर्वाचनमा उठ्न ओलीले आग्रह गरेका छन् ।

