चितवन । नेकपा माओवादी केन्द्र रत्ननगर नगरपालिकाको नगरकमिटीको सम्मेलन स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व छनौट गर्न नसकेपछि सम्मेलन हाललाई स्थगित गरिएको हो।
अध्यक्षमा तीन जनाले दावी गरेपछि सम्मेलनमा विवाद भएको थियो । विवादका बीच सम्मेलनलाई अगाडि नबढाउने निर्णय भएको छ । अर्को सूचना जारी नभएसम्म सम्मेलन स्थगित गरिएको निर्वाचन अधिकृत बद्री पण्डितले जानकारी दिए।
यस्तै कालिका नगर कमिटीले पनि आज सर्वसम्मत नेतृत्व छनौट गर्न सकेको छैन । पदाधिकारीमा सर्वसम्मत नेतृत्व छनौट नभएको र भोलि आइतबार सर्वसम्मतको लागि फेरि छलफल हुने माओवादी केन्द्र कालिका नगर कमिटीले जनाएको छ।


