चितवन । नेकपा माओवादी केन्द्र माडी नगरपालिकाको नगर सम्मेलनले प्रभुप्रसाद महतोलाई अध्यक्षमा निर्वाचित गरेको छ । महतोको अध्यक्षतामा ६५ सदस्यीय समिति निर्माण भएको छ ।
माडी कमिटीको उपाध्यक्षहरुमा केदारप्रसाद अधिकारी, भरत तिमिल्सिना, र सन्तोष पनेरु निर्वाचित भएका छन् । सचिवमा नेत्र काफ्ले, कोषाध्यक्षमा माधव चापागाईं र सहसचिवमा इन्दिरा विश्वकर्मा निर्वाचित भएका छन् ।

