चितवन। नेकपा माओवादी केन्द्रले पूर्वी चितवनको खैरहनीमा सर्वसम्मत रुपमा नगर कमिटी चयन गरेको छ ।
आज सम्पन्न खैरहनी नगर कमिटिले रामेश्वर पोखरेलको नेतृत्व पाएको छ उनी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षहरुमा विमला बराइली, टप्कादत्त अधिकारी र रेवती उप्रेती चयन भएका छन् ।
सचिवमा योगेन्द्र विक्रम न्यौपाने, सहसचिवमा गीता आचार्य र कोषाध्यक्षमा जमिन कार्की चयन भएका छन् । त्यस्तै, ७ पदाधिकारी सहित ६५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । नगर सम्मेलनबाट ५ जनालाई प्रदेश सम्मेलन प्रतिनिधिमा छनौट गरिएको छ।
प्रदेश प्रतिनिधिमा लक्ष्मी ढकाल, ज्ञानबहादुर विसुराल, रुद्रबहादुर खड्का, रामेश्वर पोखरेल र रामवहादुर तामाङ आजको नगर सम्मेलनबाट छनोट भएका हुन् ।



