चितवन । चितवन प्रशासनले दोस्रो लहरको दोस्रो चरणको निशेधाज्ञामा थप कडाई गर्ने भनिएपनि तोकिएको भन्दा अन्य समयमा पसल खोल्नेको संख्यामा भने कमी आउन सकेको छैन । शहरका मुख्य चोक र गल्लीमा पसलहरु बन्द र ठप्प भएपनि शहर भन्दा केही भित्रका चोक तथा गल्लीहरुमा आधा सटर खोलेर भएपनि पसल सञ्चालन गरेको पाईएको छ ।
उनीहरुले लुकीछिपी पसल सञ्चालन गरेको सूचना पाएपछि प्रहरी समेत यसमा कडा तथा संवेदनशील भएको छ । जसका कारण शुक्रबार भन्दा शनिबार चितवनका विभिन्न ठाउंँमा गरी त्यस्ता १८ पसललाई प्रहरीले कारवाही गरेको छ । शुक्रबार प्रहरीले १४ वटा पसललाई कारवाही गरेको चितवन प्रहरीले जानकारी दिएको छ । निशेधाज्ञामा कडाई गरेसंँगै विनाकाममा हिड्ने मानिस भने घटेका छन । आज प्रहरीले निशेधाज्ञा अवज्ञा गर्ने त्यस्ता ७० जना व्यक्तिलाई प्रहरीले होल्डमा राखेर छाडेको छ । शुक्रबार भने १६२ जना होल्डमा परेका थिए ।विनाकाममा हिड्नेलाइ अब दिनभरि होल्ड र जरिवाना समेत गरिने प्रहरीले जनाएको छ।
यसैगरी निशेधाज्ञा अवज्ञा गर्ने सवारीसाधनको संख्यामा पनि कमी आएको छ । प्रहरीले २१८ वटा चारपांँग्रे र दुईपांँग्रे सवारीसाधनलाई कारवाही गरेको छ । जसबाट प्रहरीले ९२ हजार ८सय रुपैयांँ राजश्व संकलन गरेको छ । शुक्रबार भने २३४ वटा सवारी साधन कारवाहीमा परेका थिए ।यस्तै १८ वटा अवज्ञा गर्ने पसलबाट ९ हजार रुपैयांँ राजश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।