चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता बनाएको छ । एमालेको विधान २०७८ को संशोधनसहित २०४९ को धारा २६(५) (ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता बनाइएको हो ।
कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन।
प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन पनि रोक लगाइएको छ ।





