चितवन । नेकपा एमालेका महाधिवेशन चितवनका मुख्य बजार नारायणगढ र भरतपुर लगायत अन्य क्षेत्र अस्तव्यस्त बनाएको छ ।
ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त बनाउन प्रयास भनिएपनि बिहानदेखिनै नारायणगढ बजार भरिदै गएको छ । तर न त आएका पाउनाहरुको सवारी साधन पार्किङ्ग गर्न ठाउंँ छ , नत हिड्नलाई बाटोनै । ट्राफिक व्यवस्थापनले भीड व्यवस्थावन गर्न नसक्ने भन्दै आज बिहान १० बजेबाट नारायणगढ र भरतपुर छिर्ने चारै नाकामा सवारीसाधन चल्न रोक लगाएपनि यसले कुनैपनि सकारात्मक प्रभाव परेको देखिदैन ।
चितवन अन्य जिल्ला बाट १०० भन्दा ट्राफिक एकहजार भन्दा बढी प्रहरी परिचालन गरिएपनि सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । अहिलेपनि देशका विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता आउने क्रम जारी छ । उनीहरुले आफूहरु अन्यौल र अलपत्र भएको बताएका छन् ।
नारायणी नदी किनार अहिलेनै भरिन उद्धघाटन हुनु पूर्वनै भरिन लागेको अवस्था छ । ट्राफिक र अन्य व्यस्थापनका विषयमा जिल्ला ट्राफिक प्रहरी र प्रमुख जिल्ला अधिकारी लाई सम्पर्क गर्न खोज्दा फोन रिसिभ हुन सकेन ।




