चितवन। युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा राजेश गौतम चयन भएका छन । भर्चुअल माध्यमबाट शुक्रवार गरिएको चौथो साधारण सभा तथा अधिबेशनबाट बर्ष २०२१ – २२ का लागि गौतमलाई अध्यक्षमा सर्बसम्मतरुपमा चयन गरिएको हो ।
यस्तै मञ्चको प्रथम उपाध्यक्षमा सुर्यभक्त अधिकारी र द्वितिय उपाध्यक्षमा बिकल दाहाल चयन भएका छन । सो अधिवेशनले अन्य सदस्यहरुमा गोपाल गौतम ,उमेश श्रेष्ठ ,सन्तोष कंडेल ,निसान पौडेल ,सुमन कोइराला ,मधु सापकोटा र सुमन पौडेललाई निर्बाचित गरेको थियो।
साे अवसरमा मञ्चका संस्थापक अध्यक्ष निर्देश सेढाईले नयाँ समितिलाई बधाईदिदै आगामी दिन थप रचनात्मक काम गरि मञ्च अगाडि बढाउन सुझाव दिए ।त्यस्तै कार्यक्रमा मञ्चका पुर्व अध्यक्षहरू दाताराम घिमिरे र निरञ्जन न्याैपाने लगायतले समेत बधाई ज्ञापन गरेका थिए ।
चितवनमा नेपाली युवा उद्यमी मञ्चले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । मञ्चमा चितवनका ५० भन्दा बढी युवा ब्यवसाहीहरु सदस्य रहेका छन ।
कार्यक्रम मञ्चका केन्द्रिय अध्यक्ष प्रकाश देव पालिखेको प्रमुख आतिथ्य र कृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।