चितवन। चितवनमा हुन लागको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।
आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा आउँने निश्चित भएको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नआउने जानकारी आएको छ । आज प्रचण्डको अर्को कार्यक्रम भएकाले एमाले महाधिवेशनमा उहाँ सहभागी नहुने माओवादीले जनाएको छ।
एमालेको महाधिवेशनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी एमाले जानकारी दिएको छ।
एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निम्तो दिएको छैन ।

