चितवन । भोलि मंसिर १० गतेबाट गर्ने भनिएको नेपाली कांग्रेस चितवनको अधिवेशन स्थगित भएको छ ।
कांग्रेसका जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले निकालेको विज्ञप्तिमा एमालको भोलिबाट सुरु हुने १० औँ राष्ट्रिय सम्मेलनका कारण नेपाली कांग्रेसका मतदाता, क्षेत्रीय प्रतिनिधि तथा उम्मेदवारको रुपमा रहेका क्षेत्रीय प्रतिनिधिहरु निर्वाचन स्थलसम्म आइपुग्न यातायात व्यवस्थापनमा कठिनाइ हुने र आयका प्रतिनिधिहरुलाई आवासको व्यवस्थामा समेत कठिनाइ पर्ने भएका कारण अधिवेशन स्थगित गर्नुपरेको जनाइको छ ।
अर्को सूचना नभएसम्मको लागि जिल्ला अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।


