चितवन । चितवनमा ७ केजी दुईसय ग्राम सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभारका चेत बहादुर घर्ती मगर रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार घर्तीले गांँजा बेचविखन गरेको भन्ने सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा झोलामा स–साना पोका पारेका अवस्थामा गांँजा बरामद गरिएको हो । उनलाई बुधबारनै पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको कार्यालयका प्रबक्त्ता सरोज गिरीले जानकारी दिए ।