चितवन। नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई १० वटा सिलिण्डर सहयोग गरेको छ । आज शुक्रबार भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी एवं अस्पतालका निमित्त सुपरीटेण्डेण्ट जगनाथ तिवारी लाई समाजका अध्यक्ष पूर्ण घिमिरे हस्तान्तरण गरेका हुन् ।
कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव भएपछि विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको हो । अस्पतालमा कोभिडका विरामीको चाप बढेपछि अक्सिजन सिलिण्डर, पिपिई, माक्स लगायतका स्वास्थ्य सामग्री अभाव भएको छ ।
। समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर धरौटी राखी ठूलो १० थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको हो ।
सो अवसरमा अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासन समेत दिएका छन ।
प्रबासमा रहेर पनि जिल्लावासी प्रतिको उत्तरदायित्व र मानवीय धर्मका कारण घिमिरेले गरेको सहयोगको डाक्टर अधिकारीले प्रशंसा गरे । हस्तान्तरण कार्यक्रममा तिवारीले भने “हामीलाई यहाँ अक्सिजनको हाँहाँकार छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनु पर्ने बाध्यता रहेको छ ।” घिमिरेको अध्यक्षतामा रहेको समाजले संस्थाका संरक्षक केशबप्रसाद सापकोटाको संयोजकत्वमा स्वयं घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो । घिमिरेले संकलित रकम चितवन जिल्लामा मानवीय कल्याणको काममा सहयोग गर्ने बताए । उक्त सिलिण्डर आज नै अक्सिजन भर्न उंँ सञ्जीवनी इन्टरप्राइजेजलाई हस्तान्तरण गरिएको छ । भरतपुर अस्पतालालले शैया थप गरेसंँगै स्वास्थ्य सामाग्री अभाव भएको भन्दै सहयोगको लागि आग्रह गरेको थियो ।
अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
चितवन समाज अष्ट्रेलियाद्धारा भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग
चितवन समाज अष्ट्रेलियाद्धारा भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु