चितवन । रत्ननगरमा सलको डोरी बनाएर झ्यालको डण्डीमा बांँधेर खेल्ने क्रममा आज विहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगरनगरपालिका वडा नम्बर १६ की संगीता विक की ८ बर्षीय छोरी रहेकी छिन ।
रत्ननगर इलाका प्रहरी कार्यालय, टांँडीका प्रहरी प्रमुख इन्द्र बहादुर रानाका अनुसार बालिकाको पांँच बर्षे भाई छिमेकीको अर्का ४ बर्षे अर्को बालक सहित आज बिहान साढे ९ बजे झ्यालको डण्डीमा सलको डोरी बनाई खेल्ने क्रममा अकस्मात घांँटीमा सल कसिन पुगेको थियो । ‘घटनाको प्रकृति हेर्दा एक्सीडेन्टलनै हुनुपर्छ । घांँटीमा सल अकस्मात कसियो । उनले भने ,अन्य बच्चालेपनि के भएको भन्ने थाहा पाएनन । यसबारे थप अनुसन्धान गर्दैछौं ।’
घटना भएको बेला घरमा मृतक बालिकाको आमा बाथरुममा भएकोले पनि दुर्घटना भएको थाहा हुन नसकेको रानाले बताए । सल कसिएर बेहोश भएकी बालिकाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।