चितवन । प्रेस सेन्टर चितवन शाखाको पाँचौ जिल्ला अधिवेशनले जिल्ला समवन्य समिति र ३ पालिकाको नयाँ नेतृत्व चयन गरेको छ ।
भरतपुरमा मंगलबार भएको अधिवेशनले जिल्ला समवन्य समितिको अध्यक्षमा सूर्य पाठक, उपाध्यक्षमा राजेन्द्र आचार्य, सुजिता हमाल चयन गरेको छ । यस्तै सचिवमा रवि अधिकारी, सह–सचिवमा हिरालाल गुरुङ, नविन मरहट्टा, कोषाध्यक्षमा किशोर सापकोटा, सदस्यहरुमा हरि उप्रेती भुवन, शोभा पुडाशैनी, दुर्गा दाहाल, विवेक पोखरेल र सन्तोष विक चयन हनु भएको हो ।
यस्तै भरतपुर महानगरको अध्यक्षमा अजिता अधिकारी, उपाध्यक्षमा सुरेन कुँवर र सचिवमा अनिल भट्टराई चयन हुनु भएको छ । कोषाध्यक्षमा सुनिल पराजुली, सदस्यहरुमा सुमन सुवेदी, सुचना गुरुङ, आयुष न्यौपाने, अजय गोरखाली, मनिष अधिकारी, प्रमिता भण्डारी र विशाल अम्गाई चयन भएका छन् ।
यस्तै माडी अध्यक्षमा सरिता महतो अपेक्षा, सचिवमा अजित अधिकारी, कोषाध्यक्षमा सृजा थापा चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रविन भण्डारी, प्रिती पोखरेल, बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुवेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, विजय विश्वकर्मा, पुष्पा पौडेल, नारायण दुवे र सुर्यमान शाह चयन भएका छन् ।

