चितवन । वागमती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । चितवन क्षेत्र नं २ बाट वाग्लेले २६८ मत ल्याइन्। उनी आठौं स्थानमा परेकी थिइन् ।
धेरै मत ल्याउने चार जना मिनाकुमारी खरेल, विनु रायमाझी पौडेल, गीता कुमारी गुरुङ र निरु कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
पराजित भएपछि चितवन प्रेससँगको कुराकानीमा उनले भनिन्, ‘मतदान भनेको कन्यादान गरेजस्तै हो, कुनै चिन्ता छैन ।’ उनले उठेपछि हारजित भइहाल्ने बताइन् । उनले भनिन्, ‘म कुनै गुट उपगुटमा लागिनँ, स्वतन्त्र एक्लै भएर लडेँ, आफ्नै बलबुतामा लडेको हो । हारजित हुनु कुनै नौलो कुरा होइन ।’

