चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको प्रचारको लागि आज चितवनमा मोटरसाइकल र्याली निकालिएको छ ।
जिल्लाको विभिन्न स्थानबाट निकालिएको मोटरसाइकल र्याली अहिले महाधिवेशन उद्घाटन हुने स्थान नारायणी नदी किनारमा भेला भइरहेका छन् । अब केहीबरेमै सो र्यालीले नगरको परिक्रमा गर्नेछ । -यालीको संयोजन युवा संघ नेपाल चितवनले गरेको छ । मोटरसाइकल र्यालीमा वृहत सहभागिता भइरहेको महाधिवेशन प्रचार प्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।





