चितवन । नेपाल औषधि व्यवसायी संघ–जिल्ला शाखा चितवन, स्वस्तिक नेपाल, पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था र स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले संयुक्तरूपमा जिल्ला प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संघसंस्थाको तर्फबाट हिरामान महर्जन, शिव पण्डित, लक्ष्मी श्रेष्ठ, रुद्रप्रसाद सापकोटालगायतको उपस्थितिमा नेपाल औषधि व्यवसायी संघ–चितवनका अध्यक्ष इश्वोर कुमार भण्डारीले कोरोना रोकथामका लागि आवश्यक सामग्रीहरू प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको हो ।
कोरोनाको दोस्रो लहरले चितवनमा पुनः माहामारीको रूप लिइरहेको र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि सर्वसाधारण जनताहरूको सुरक्षाको लागि फ्रन्ट लाइनमा रहेर दैनिकरूपमा खटिइरहेका करिब ४०० जना प्रहरीहरूको स्वास्थ्यलाई मध्येनजर गर्दै ४०० थान फेस सिल्ड, ४०० थान सेनिटाइजर, एन ९५ मास्क ३००, साधारण मास्क २५०० थान र १०० जोडी पञ्जा वितरण गरिएको पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सुमनकुमार श्रेष्ठले बताए ।