चितवन।नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् राज्यमन्त्री उमेश श्रेष्ठ।
उनी खुलातर्फ विजयी भएका छन्। खुलातर्फ विजयी हुने १० जनामा श्रेष्ठ नवौं नम्बरमा रहेका छन् । उनले ३ सय २० मत प्राप्त गरेका हुन्।
सो क्षेत्रमा खुलातर्फबाट डा. सुर्यकान्त घिमिरे ,शंकरप्रसाद कंडेल, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कैलाश कोइराला, रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ र चन्द्रध्वज गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

