चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ को सभापतिमा लालबहादुर दवाडी निर्वाचित भएका छन् ।
लालबहादुर दवाडीले आफनो निकटतम प्रतिद्धन्द्धी दामोदर न्यौपानेलाई १० मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । दवाडीले २९८ मत प्राप्त गरे भने न्यौपानेले २८८ मत प्राप्त गरे । त्यस्तै, अन्य प्रतिस्पर्धीहरु जगन्नाथ कडेलले १५९, अमृत बहादुर बानियाँले १४६ र देवेन्द्र प्रकाश क्षेत्रीले ५७ मत मात्रै प्राप्त गरे ।
त्यस्तै, ९८९ मतदाता रहेकोमा ९८२ मत खसेको निर्वाचन क्षेत्रमा दुई सचिवमा सरस्वती पाण्डे ४४१ र तुलाराम गुरुङ २८८ मतका साथ निर्वाचित भएका छन् । सहचिवका अन्य प्रतिस्पर्धीहरु बृजा महतो २४१, नेत्रप्रसाद सापकोटा २२८, नविन न्यौपाने २१३, दीपक कुवँर १९० र लिलकुमार महतो १३६ मत प्राप्त गरे ।
यस्तै दुई सह–सचिवमा सृजना अधिकारी लामिछाने ४६४ र इन्दिरा भुषाल कंडेल ४४७ मतका साथ निर्वाचित भएका छन् । अन्य प्रतिस्पर्धीहरु लक्ष्मी प्रसाद सापकोटा ३२८, गणेशप्रसाद कँडेल २३७ मत प्राप्त गरे ।

