चितवन । जिल्लामा नै पहिलो पटक प्रेस सेन्टर चितवनले स्थानीय संरचना अनुसार रत्ननगर र राप्ती नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।
रत्ननगर पत्रकार विकास पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो। जसको उपाध्यक्षमा सन्तोष बस्ताकोटी, सचिवमा किशोर रिजाल ,सह सचिवमा सुजन खनाल र कोषाध्यक्षमा अन्जन अधिकारी रहेका छन् ।
त्यस्तै, राप्तीमा पत्रकार गोपाल बिश्वकर्माको नेतृत्वमा ११ सदस्यीय कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा दुर्गा दाहाल, सचिवमा सुजा गौतम र कोषाध्यक्षमा महेश राइ रहेका छन् ।
प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न भेलामा स्थानीय संरचना अनुसार शाखा विस्तारका बारेमा जिल्ला सचिव राजेन्द्र आचार्यले प्रकाश पारेका थिए ।


