चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले ५ वडा बाहेक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
हिजो सम्पन्न वडा सम्मेलनले महानगरपालिकाका २९ वडा मध्ये ५ वट बाहेक अरु सबैमा सर्वसम्मत वडा कमिटी गठन गरेको हो ।
महानगरपालिकाको वडा नं १ को अध्यक्षमा रुद्रहरि भण्डारी चयन भएका छन् । त्यस्तै, वडा नं २ को अध्यक्षमा जयराम खत्री, ३ को अध्यक्षमा भोजराज काफ्ले, ४ को अध्यक्षमा बलिभद्र कँडेल, ५ को अध्यक्षमा श्रीप्रसाद कँडेल, ६ को अध्यक्षमा भागिरथ तिमिल्सिना, ७ को बामदेव अधिकारी, ८ को अध्यक्षमा हरिलाल कँडेल, ९ को अध्यक्षमा प्रजापति रिजाल, १० को अध्यक्षमा सागर अधिकारी, ११ को अध्यक्षमा प्रकाश देवकोटा, १२ को अध्यक्षमा मदन घिमिरे, १३ को अध्यक्षमा सुदीप सुवेदी चयन भएका छन्।
त्यस्तै, महानगरको वडा नं १४ मा छलफल जारी रहेको छ । महानगरको वडा नं १५को अध्यक्षमा आकाश थापा, १६ को अध्यक्षमा पनि छलफल जारी छ, १७ को अध्यक्षमा बखानसिंह लामा, १८ को अध्यक्षमा हरिकृष्ण सापकोटा, १९ को अध्यक्षमा दुर्गा लामा चयन भएका छन् भने वडा नं २० मा छलफल जारी छ ।
त्यस्तै, महानगरको वडा नं २१ पनि छलफल जारी रहेको छ भने वडा नं २२ को अध्यक्षमा विष्णु घिमिरे, २३ को अध्यक्षमा राजकुमार श्रेष्ठ, २४ को अध्यक्षमा रामबहादुर थापामगर, २५ को अध्यक्षकोलागि छलफल जारी छ भने २६ को अध्यक्षमा गोपीलाल सेन्चुरी, २७ को अध्यक्षमा राजु भुसाल, २८ को अध्यक्षमा लोकनाथ सापकोटा, त्यस्तै २९ वडाको अध्यक्षमा राजु श्रेष्ठ रहेका छन् ।

