चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगर पालिकाको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व छनौट गरेको
छ । सर्वसम्मत अध्यक्षमा दुर्गा सापकोटा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा विष्णुप्रसाद सापकोटा र सिर्जना कार्की निर्वाचित भएका छन् । सचिवमा विपिन पाठक चयन भएका छन् । ४१ जना सदस्य छनौट भएका छन् ।



