चितवन । नेकपा (माओवादी केन्द्र)को माडी नगरपालिकाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
नेकपा (माओवादी केन्द्र)को माडी नगरपालिका वडा नं १ को अध्यक्षमा गंगा भुसाल पुनर्चयन भएका छन् , वडा नं २ को अध्यक्षमा ईश्वरी प्रसाद ढकाल पुनर्चयन भएका छन् ,वडा नं ३ को अध्यक्षमा बलराम महतो पुनर्चयन भएका छन् ।
त्यस्तै, वडा नं ४ को अध्यक्षमा टिकाराम पौडेल , ५ को अध्यक्षमा गणेश प्रसाद विश्वकर्मा ,६ को अध्यक्षमा कृष्ण प्रसाद पौडेल पुनर्चयन भएका छन्, ७ को अध्यक्षमा कृष्ण रानाभाट पुनर्चयन भएका छन्, ७ को अध्यक्षमा कृष्ण रानाभाट पुनर्चयन भएका छन्, ८ को अध्यक्षमा प्रेम सुनार चयन भएका छन् भने ९ कोअध्यक्षमा रुपेन प्रजा चयन भएका छन् ।
आज सम्पन्न वडा सम्मेलनबाट माडिका सबै वडाहरुले नयाँ नेतृत्व पाएको छ ।

