चितवन । नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लाका ३ वटा क्षेत्रीय कार्यसमिति एवम् केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।
चितवन सभापति जितनारायण श्रेष्ठका अनुसार क्षेत्र नं १ को होटल स्टार टाँडीमा निर्वाचन हुनेछ । क्षेत्र नं २ को उवासंघ नारायणगढमा र क्षेत्र नं ३ को शहीद स्मारक कलेज शारदानगरमा हुनेछ ।



