चितवन। चितवन क्षेत्र न १ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत भएको चितवनको प्रदेश क्षेत्रीय स्तरको अधिवेशनबाट क्षेत्र नम्बर १ क प्रदेश सभापतिमा मल्ल ठकुरी विजयी भएका हुन् ।
कांग्रेस चितवन क्षेत्र नं १ (ख) को सभापतिमा गोविन्द गौतम विजयी भएका छन् । २ (क) को सभापतिमा जनार्दनप्रसाद दाहाल विजयी भएका छन् । २ (ख) को सभापतिमा रोशन शाही ठकुरी विजयी भएका छन् । ३ (क) को सभापतिमा खेमनारायण सापकोटा विजयी भएका छन् । ३ (ख) को सभापतिमा शोभाकर चापागाईँ निर्वाचित भएका छन् ।
क्याप्सन : ३ ख बाट निर्वाचित सभापति चापागाईँलगायत ।


