काठमाण्डाै । काठमाण्डौको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति दुई बजे वाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइती घर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने काभ्रेका २१ वर्षका रोमन मल्लिकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किनु भएको थियो । उहाँको माइती घर मण्डलामा नै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

