चितवन। चितवनमा आज निषेधाज्ञा उल्लंघन गर्ने ४१९ वटा सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्त्ता डिएसपी सरोज गिरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने ४१९ वटा सवारी साधनबाट १ लाख ५५ हजार २०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
त्यस्तै चितवनमा निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने ३६ जना सञ्चालकहरुलाई प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने ३६ जनालाई कारबाही गरिएको हो । कारबाहीमा परेका सञ्चालकहरुबाट १७ हजार ३ सय रुपैयाँ जरिवाना असुल गरिएको छ ।
यस्तै निषेधाज्ञामा अनावश्यक रुपमा हिडडुल गर्ने २२५ जनालाई एक घण्टा होल्ड गरेर छाडिएको डिएसपी गिरीले बताए ।
तोकिएको समय भन्दा अन्य समयमा पसल सञ्चालन गरेकोले उनीहरुलाई कारबाही गरिएको चितवनका प्रहरी प्रवक्त, डिएसपी सरोज गिरीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा दिने बाहेकका पसलहरु सञ्चालनमा रोक लगाएको छ ।नियन्त्रणमा लिएका सवारी साधनलाई २४ घण्टा होल्डमा राखी जरिवाना गरि छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।