चितवन । नेपाल कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा राजेश्वर खनालले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसमा उच्च छवी बनाएका खनालले आज पत्रकार सम्मेलन गरी आफ्नो जिल्ला सभापति पदको लागि उम्मेदवारी रहने बताए । पत्रकार सम्मेलनमा नेता खनालले आफ्नो राजनीतिक घोषणा पत्र सार्वजनिक गर्दै कांग्रेस सभापतिमा उम्मेदवारी दिने बताए ।


