चितवन। चितवनका विभिन्न अस्पतालहरुमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनमा आज १० जना कोरोना संक्रमितको मृत्यु
चितवनमा आज १० जना कोरोना संक्रमितको मृत्यु

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु