चितवन । नेकपा एमाले चितवनले १० औँ महाधिवेशनको थप प्रचारप्रसार गर्नको लागि विजय सुवेदीको संयोजकत्वमा प्रचारप्रसार सहयोग समिति गठन गरेको छ ।
सो समितिमा ५१ सदस्यीय रहेका छन् । समितिमा ४४ जिल्लामा रहेका एमाले प्रचार विभागका प्रमुख चयन भएका छन् । संयोजक सुवेदीले बाँकी सदस्य छिटै थप गरिने बताए ।

