चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको कांग्रेस नेता तथा कार्यकर्ताहरुको भावना नबुझी केन्द्रले निर्णय नगर्ने बताएका छन् ।
आज भरतपुर महानगरपालिका वडा नं ७ मा भएको कार्यक्रममा नेता शर्माले चुनावमा कोसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषय तलका कार्यकर्ताको भावना बुझेर मात्र हुने बताए । कार्यक्रममा उनले भने, ‘वडा तहका कांग्रेस कार्यकर्ताको भावना नबुझी केन्द्रीय कांग्रेसले निर्णय गर्दैन ।’
नेता शर्माले देश र दल रुपान्तरणमा ४२ बुँदे घोषणापत्र ल्याएको बताए । उनले भने, ‘७० वर्ष कांग्रेसको इतिहासको समीक्षा गर्नुपर्छ, हिजोको गल्तीलाइ सच्याउनुपर्छ । रुपान्तरण गर्दै जानुपर्छ ।’

