चितवन । नेकपा एमालेका प्रभार विभाग प्रमुख योगेश भट्टराईले एमालेको १० औँ महाधिवेशनको लागि आफ्नै संगठित सदस्यबाट ८ करोड १० लाख रकम संकलन हुने बताए ।
आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘हाम्रो पार्टी नेपा एमालेमा ८ लाख १० हजार पार्टी सदस्य छन् । प्रत्येक एक सदस्यबाट एक सय रुपैयाँ उठाउँदा ८ करोड १० लाख रकम उठ्छ । अनि किन महाधिवेशनको लागि चन्दा उठाउनुप-यो ?’ उनका अनुसार महाधिवेशनमा ५ करोडको वरिपरि खर्च हुनेछ । उनले कसैसँग सार्वजनिक रुपमा नेकपा एमालले एक रुपैयाँ चन्दा नमाग्ने बताए ।

