महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्या एकदुई दिनभित्रै अदालतबाट नै सल्टिने बताए।
आज बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना हुने कार्यक्रममा लागि आएका प्रचण्डले जनकपुरधाम विमान स्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए। भने, “तर आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस्।”
अदालतमा देखिएको समस्या एकरदुई दिनमा समाधान नभए राजनीतिक रूपमा हल गरिने अध्यक्ष दाहालको भनाइ थियो।
सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए।
सिंहदरबारमा मंगलबार बसेको गठबन्धनअन्तर्गत उच्चस्तरीय राजनीतिक समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको थियो।