चितवन । रत्ननगर ५ चित्रसारीमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने एकादशी मेलाको आज अन्तिम दिन हो ।
चित्रसेनबाबा मन्दिर समितिको आयोजनामा तीन दिनसम्म लाग्ने मेलामा दर्शनार्थीहरुको घुइँचो छ । कोरोनाका कारण दुई वर्षपछि लागेको चित्रसारी मेलामा दर्शनार्थीहरु सहभागिता उल्लेखनीय रहेको छ ।